खोटाङ। जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेको छ । बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता पनि हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका सबै स्थानीय तहमा विभिन्न बैंकका शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र...
विशाल भट्टराई सा‌सद, प्रतिनिधिसभा पुरा हुँदै -एउटा अस्पताल बनाउने सपना । यो (तस्वीरमा देखिएको ठाउँ) दक्षिण खोटाङको एउटा महत्त्वपूर्ण ठाउँ हो- चिसापानीबजार । राज्यको पुनर्संरचनाको बहस जिल्लामा चर्काेगरी हुदैगर्दा जन्तेढुङाको केन्द्र कहाँ हुने भनेर कहिलै कसैले विवाद निकालेन। सर्वसम्मत- चिसापानी। बीसौं बर्षदेखी त्यहाँ प्राथमिक स्वास्थ्य केन्द्र चल्यो, त्यसै भेगका नेता ठुलो ठुलो ठाउँमा पुग्नुभो...
खोटाङ १८ पुस । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले संवैधानिक व्यवस्था अनुसार निःशुल्क शिक्षा कार्यान्वयन गर्न माग गरेको छ । नेविसंघ खोटाङले नागरिकको माध्यमिक तहसम्मको अनिवार्य र निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन गर्न माग गर्दै सिडिओमार्फत सरकारसँग माग गरेको हो । सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले आधारभूत तहसम्मको...
खोटाङ । जिल्लामा शुक्रबार हल्का वर्षा उच्च भेगमा हिमपात भएसँगै जाडो बढेको छ । जाडो भने अझै बढेर जाने देखिएको छ । मौसम अनुमान गर्ने अन्तराष्ट्रिय विभिन्न संस्थाहरुको तथ्यांक अनुसार मुलुकका विभिन्न भागमा जस्तै खोटाङमा पनि जाडो बढ्ने देखिएको हो । खोटाङमा शनिबार करिब ६ बजेको तापक्रम करिब ९ डिग्री सेल्सियस...
खोटाङ पुष–१, । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटो बजार जिल्लाकै व्यवस्थित बनेको छ । हरेक शुक्रबार हटिया लाग्ने ऐतिहासिक पञ्चदोबाटो बजारलाई नगरपालिकाको एक करोड २० लाख रुपैंयाँ लगानीमा जिल्लाकै सवैभन्दा व्यवस्थित वजारको रुपमा स्थापित गरिएको हो । बजार क्षेत्रमा स्टिल ट्रष्ट निर्माण, खानेपानीको व्यवस्था, शौचालय, फोहोर व्यवस्थापन केन्द्र,...
खोटाङ, मंसिर २८ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा कविता प्रतियोगीता गरिएको छ । समाजवादी बिद्यार्थी फोरम, नेपालले बार्षिक रुपमा प्रकाशन गर्दै आएको ‘समाजबादको यात्रा’ विमोचन कार्यक्रमको अवशरमा कबिता प्रतियोगीता आयोजना गरिएको हो । बिहिबार आयोजित प्रतियोगीतामा रिमा राई प्रथम, प्रमिला भुजेल दोश्रो, घनश्याम ढकाल तेश्रो र...
रामधन राई/खोटाङ, मंसिर–२६ । खोटाङस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा नदीको पानी लिफ्टिङ गर्ने कार्यलाई तीब्र वनाईएको छ । सुक्खा क्षेत्र हलेसीमा पर्ने महादेवस्थान, दुर्छिम, मङ्गलटार, बडहरे, च्यास्मिटार, डिकुवा र बाहुनीडाँडाका उपभोक्तालाई लक्षित गरेर दूधकोसीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्ने काम तीब्र वनाईएको हो । करिब २० हजार उपभोक्ता रहेको उक्त...
खोटाङ २३ मंसिर । चुल्होबाट सल्किएको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । शनिबार दिउँसो चुल्होबाट सल्किएको आगोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका भौलासरी राईको घर जलेर नष्ट भएको हो । राईको घर जल्दा करिब ३ लाख बराबरको क्षती भएको वडाध्यक्ष हर्क खत्रीले बताउनुभयो । मध्यपहाडी लोकमार्गको...
खोटाङ । खोटाङमा लामो समयदेखि सक्रिय रुपमा पत्रकारिता गर्दै आउनु भएका डम्बरसिं राईलाई मातृशोक परेको छ । डम्बरकी ममतामय आमा धनमायाको २० मंसिरको राती निधन भएको हो । ७२ वर्षिया धनमाया ब्रेन ट्युमरको रोगी हुनुहुन्थ्यो । धनमायाको बिहीबार अपराह्न किरात सस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । पाँच छोरा र एक...
खोटाङ, मंसिर–१६, किरात राई पत्रकार संघ सुनसरीमा केही समय यता विवाद तथा द्विविधा पाईए पनि अन्तत : विशाल राई नै आधिकारिक अध्यक्ष भएको स्पष्ट पारिएको छ । उक्त संघको गत मंसिर–१६ गते वसेको वैठकवाट केही अन्यौलता देखिए पनि चरणवद्द छलफल तथा भेटघाट गर्दा विशाल नै आधिकारिक जिल्ला अध्यक्ष स्पष्ट...