खोटाङ मंसिर–२८, खोटाङ आवत–जावत गर्ने वस तथा जीपका चालक तथा सहचालकहरुलाई प्रशिक्षणका पोशाक उपलव्ध गराईएको छ । खोटाङ यातायात प्रा.लि.ले आफ्नो संस्थामा आवद्ध सवारी साधनका चालक र सह–चालकलाई प्रशिक्षण दिनका साथै पोशाक उपलब्ध गराएको हो । यातायात प्रा.लि.ले आफ्नो प्रथम साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर...
खोटाङ पुष–३ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सिसी क्यामेरा जडान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलवजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, यत्रतत्र राखिने निर्माण सामग्री, सडक पेटीमा व्यापारिक सामान...
खोटाङ ८ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खोटाङ जिल्ला कमिटी १ सय ३५ सदस्यीय बनाउने तयारी गरिएको छ । पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले पूर्व एमालेलाई ७८ जना र पूर्व माओवादीबाट ५७ जना सदस्यीय रहने गरी जिल्ला कमिटी बनाउने तयारी गरेका छन् । नेकपाले ४५...
खोटाङ असोज–२४ । कृषिविज्ञ मदन राईले खोटाङ जिल्लामा आर्थिक समृद्दिको प्रशस्त आधारहरु भए पनि पहिचान गरी अवधारणा निर्माण गर्न नसकिएको बताउनुभएको छ । कृषिविज्ञ राईले जिल्लाको हलेसी लगायतको पर्यटकीय क्षेत्रहरुमार्फत जिल्लालाई समृद्दितर्फ उन्मुख गराउन सक्ने प्रशस्त आधार र प्रचुर सम्भावनाहरु भए पनि त्यसतर्फको अवधारणा विकास गर्न नसकिएको बताउनुभएको हो । दिक्तेलको...
खोटाङ ५ फागुन । खोटाङ दिक्तेलस्थित सरस्वती माविले ६६ औं वार्षिकोत्सव मनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ स्थित माविले एक कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हाे । वार्सिक उत्सब सांसद बिशाल भट्टराईको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । विद्यालयले वार्षिकोत्सवको अवसरमा मुखपत्र सरस्वती सार्वजनिक गरेको...
रामधन राई /खोटाङ असोज–१९, समृद्दि नारा र कुराले नभई कामले सम्भव हुन्छ । यही वुझाई राख्नुहुने खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का वडाध्यक्ष विरेन्द्र ढकाल  दिनभरी जनताकै काममा व्यस्त रहनुहुन्छ । वाँकी समय अर्थात साँझ–विहान भने उहाँ आयआर्जनमुलक कार्यमा ब्यस्त रहनुहुन्छ । वडाध्यक्ष ढकालको पहिलो कार्य जनताको काम हो भने दोश्रो...
काठमाडौं । २०७५ साल फागुन १५ गते बुधबारको दिन बिहानैदेखि आकाश धुम्मिएको थियो । कतै बादल, कतै पानी अनि कतै हिउँ परिरहेको यहीँ दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका छन् । दिउँसो करिब १२ः४० मा ताप्लेजुङताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर...
काठमाडौं १५ फागुन । हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजे पाथिभर दर्शन गरी काठमाडौं फर्कने क्रममा मन्त्री अधिकारीसहित सात जना सवार एअर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना हो । प्रहरीले ६ जनाको शव चिन्न नसकिने अवस्थामा फेला परेको बताएको...
काठमाडौं २२ साउन । खोटाङबासीको लागि यो पक्कै खुसीको खबर हो भने कर तिर्न लाहान पुग्नुपर्ने युगको पनि अन्त्य हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले खोटाङको सदरमुकाम दिक्तेलमा नै आन्तरिक राजस्व करदाता सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सरकारले यो निर्णयसँगै अब खोटाङबासीले कर तिर्न लाहान धाउनै नपर्ने...
रामधन राई खोटाङ २३ मंसिर । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका व्यवसायिक कुखुरा फार्मका कुखुराहरु धमाधम मर्न थालेका छन् । स्थानीय मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा दैनिक रुपमा मर्न थालेको हो । ११ हजार कुखुरा रहेको फर्ममा मंसिर १९ गते यता ६ हजार...