Home विशेष

विशेष

काठमाडौं २ फागुन । सरकारले खोटाङका पाँच स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँसभा तथा नगरसभाबाट प्राप्त सिफारिस तथा प्रदेश मार्फत आएको सिफारिसका आधारमा नाम र केन्द्र हेरफेर गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक परिपत्र जारी गर्दै...
खोटाङ माघ–२८, खोटाङको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल कालोपत्रेसँगै सुचारु भएपछि स्थानीय हर्षिन भएका छन् । खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित विमानस्थलको कालोपत्रेको काम सकिएपछि सोमवार परीक्षण उडान गरिएसँगै स्थानीय हर्षित भएका हुन् । नेपाल नागरिक उड्यान प्राधिकरणको नौ करोड २५ लाख २९ हजार रुपैंयाँमा कालोपत्रेको काम सम्पन्न भएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायतका...
सुरमान राई एक प्रतिनिधि किसान हुनुहुन्छ । जसले २०४४ सालदेखि नै व्यवसायिक रुपमा अदुवा खेति सुरु गर्नुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका ७० वर्षिय सुरमान हाल काम गर्न सक्नुहुन्न । कुनै समय पन्ध्र क्विण्टलसम्म अदुवा उत्पादन गरेर जिल्लाका विभिन्न क्षेत्रमा खपत गराउनुहुने उहाँ हाल दमको विरामीले घरैमा थलिनुभएको...
खोटाङ पुष–३ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सिसी क्यामेरा जडान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलवजार क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने उद्देश्यले बजारको मुख्य–मुख्य चौकमा सिसी क्यामेरा जडान गरिएको हो । बजार क्षेत्रमा गरिने जथाभावी पार्किङ, यत्रतत्र राखिने निर्माण सामग्री, सडक पेटीमा व्यापारिक सामान...
खोटाङ ९ जेठ । मध्य पहाडी राजमार्ग अन्तर्गतको साम्सु खोला पुल जुनसुकै बेला पनि बगाउने खतरा देखिएको छ । वर्षाको समयमा जुनसुकै बेला ठूलो बाढी आउने भएको र त्यस खोलामा होचो पुल बनाएको कारण जतिसुकै बेला पनि बगाउने खतरा देखिएको हो । चार नम्बर प्याकेजमा पर्ने उक्त पुल रमण गोल्डेन...
खोटाङ पुष–५, फोक्सिङटारस्थित सुनकोसी नदीको अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङ र तराईको सिधा यातायात सुचारु भएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्नेे फोक्सिङटारमा गत मङ्सिर १७ देखि पुनः जडानको काम थालिएको बेलिब्रिज बुधबारबाट सञ्चालनमा ल्याइएपछि खोटाङ र तराई जोडिने छोटो मार्ग सुचारु भएकोे हो । फोक्सिङटारमा...
खोटाङ माघ–४, सानै उमेरदेखि गायनमा स्वर वसाएकी खोटाङकी गायिका अर्जुना राई पूर्वेली दोहोरी गीति भिडियो लिएर सांगीतिक वजारमा उत्रिएकी छिन् । आफुलाई गायनमा स्थापित गर्ने दृढ संकल्प गरेकी अर्जुनाले अन्ततः आफ्नै स्वर मिसिएको ‘सम्झनामा आईरन्छौ’ वोलको गीति भिडियो श्रोता दर्शकवीच लिएर उभिएकी छिन् । ‘सम्झनामा आईरन्छौ सपनीमा तिमी...’ गायक शुभम...
खोटाङ असार–२३, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदीमाको रमणीयस्थल तावा भञ्ज्याङमा १ नम्बर प्रदेशकै नमूना ताल निर्माण गरिने भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीय स्थलमा प्रदेश सरकार र गाउँपालिकाको आर्थिक लगानी हुने गरी कृतिम ताल निर्माणको प्रक्रिया थालिएको हो । समुन्द्री सतहदेखि २ हजार मिटरको उचाईमा रहेको तावा भञ्ज्याङमा...
खोटाङ जेठ–२५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ–जायजुममा बृहत साकेला सिली नाच सहित सामुहिक चुाला पुजा गरिएको छ । किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङ–जायजुममा शनिबार बिभिन्न जिल्लाका किरात राई समुदाय भेला भई साकेला सिली प्रदर्शन गर्नुका साथै सामुहिक चुला पुजा गरिएको हो । धार्मिक ऐतिहासिक पर्यटकीय स्थलमा पितृको सम्झना...
खोटाङ मंसिर–२८, खोटाङ आवत–जावत गर्ने वस तथा जीपका चालक तथा सहचालकहरुलाई प्रशिक्षणका पोशाक उपलव्ध गराईएको छ । खोटाङ यातायात प्रा.लि.ले आफ्नो संस्थामा आवद्ध सवारी साधनका चालक र सह–चालकलाई प्रशिक्षण दिनका साथै पोशाक उपलब्ध गराएको हो । यातायात प्रा.लि.ले आफ्नो प्रथम साधारणसभा तथा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसर पारेर...