Home वैदेशिक समाचार

वैदेशिक समाचार

रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पा र नबकिरण सेवा समाज दुर्छिम खोटाङको संयुक्त आयोजनामा अन्र्तराष्ट्रिय आप्रवासन दिवस (डिसेम्बर–१८) भब्यताका साथ मनाईएको छ । फोटो फिचर : वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन   वैदेशिक रोजगारीले समाजमा ल्याएको समस्या तथा अप्ठ्याराहरुलाई साराङ्गीको धुनसहित गन्दर्भ गीतबाट प्रस्तुत वैदेशिक रोजगारीका कारण...
खोटाङ असोज–१०, बैदेशिक रोजगारीका क्रममा रहेका अभिभाबक गुमाउने बालबालिकाका लागि प्राप्त हुने यो बर्षको छात्रबृत्तिका लागि निबेदन आब्हान गरिएको छ । बैदेशिक रोजगारीका क्रममा करार अवधीमा मृत्यु भएका वा पुर्ण रुपमा अशक्त भएका अभिभाबकका कक्षा–१२ सम्म अध्ययनरत बालबालिकाका लागि बैदेशिक रोजगार प्रबद्र्घन बोर्डले प्रदान गर्ने छात्रबृत्तिका लागि सम्बन्धित बिद्यालयमा...
खोटाङ भदौ–२४, खोटाङस्थित केपिलासगढी गाउँपालिका वैदेशिक रोजगारीलाई सुरक्षित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द वनेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा गाउँपालिकाले उक्त प्रतिवद्दता जनाएका हुन् ।   गाउँपालिकाको सभाहलमा हालै सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउन प्रतिवद्द रहेको...
रामधन वेदना/खोटाङ भदौ–१४,  पुरानो त्रिपाल टाँगिएको आँगन । आँगनमा केही बेन्च र प्लाष्टिकको कुर्सी । आँगनतर्फ वसेका गाउँका केही युवा र बृद्दाहरुको लाईनमा जिल्लाका सञ्चारकर्मीहरु । घरको दलनतर्फ(सिकुवामा) भने गाउँकै महिला, वालवालिका तथा केही बृद्दाहरु मिलेर अँटेका छन् । महिलाहरु वसेको अगाडी अर्थात सिकुवाको भित्तामा वैदेशिक रोजगारीका हिसावले पहिलेको गाउँको...
सन्जिता देवकोटा   मंसिर–६ , तेजेन्द्र भण्डारी दुर्घटनामा परेर साउदीमा मरेपछि उनको किरिया दुई महिलाले, दुई पल्ट दुई ठाउँमा गरे ।  मृत्यु लगत्तै आएको लास आफ्ना पति सुवासकै हो भनेर मोरङको लक्ष्मीमार्गकी सन्तोषीको सिउँदो पखालियो । त्यसको तीन महिनापछि तेजेन्द्रकी श्रीमती नामु भण्डारीका हातका चुरा फुटे, सिउँदोको सिन्दुर पखालियो र छोरी टुहुरी...
कमला खड्का /खोटाङ  म अहिले ५३ वर्षको भएँ । बुढ्यौलीले छुँदैै गर्दा अनेक देख्न पर्ने । अनेक भोग्न पर्ने । केही समयअघि मैले नसोचेको कुरा भिडियोमा देखेँ ।  गाउँमा वित्तीय साक्षरताको कक्षा चलिरहेको थियो । बुहारीहरु जान्थे । म त जाने गरेको थिइनँ । तर एक दिन धेरैजना जम्मा भएको देखेर...
खोटाङ भदौ–९, साउदी अरबका कम्पनीले अलपत्र बनाएका खोटाङका १३ सहित ३८ नेपाली कामदारले काम र दाम पाउने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका ३८ नेपाली कामदार अलपत्र सम्बन्धी समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना दिनपछि कामदारले काम–दाम पाउने भएका हुन् ।  कार्यरत कम्पनीले तलव उपलब्ध...
खोटाङ भदौ–२, वैदेशिक रोजगारीका सिलसिलामा विशेषगरी खाडी मुलुक तथा मलेसियामा ज्यान गुमाएका खोटाङका ४६ मृतक परिवारले साँढे ५ करोडभन्दा बढि राहत तथा क्षतीपूर्ति प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले ज्यान गुमाएका मृतक परिवारले वैदेशिक रोजगार प्रबद्र्दन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा...
वुना बिश्वकर्मा, खोटाङ भदौ–६, साउदी अरवमा काम–दामविहिन भई १० महिनादेखि अलपत्र परेका खोटाङ खाल्लेका युवाले आफ्नो उद्दार गरिदिन अपिल गर्नुभएको छ । तलव नपाएको भन्दै हड्तालमा उत्रिएपछि कम्पनीवाट निकालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका जीतबहादुर कटुवालले आफ्नो उद्दार गर्न आग्रह गर्नुभएको हो ।  कामबाट निकालिदिने रसान कम्पनीले नेपाल फर्कने प्रक्रिया समेत...
लिला निरौला /खोटाङ                    भदौ–१५, वेदेशिक रोजगारीलाई सुरक्षित उपलब्धिमूलक बनाउने उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ स्थित सितला मावि खाल्लेमा विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामी विद्यालय तथा आमसञ्चार कार्यक्रम...