खोटाङ ३० कात्तिक
खोटाङमा नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्षका भाई नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउने उदघोष गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा लामिडाडाँ २ खार्पामा नेपाली कांग्रेसका कालिदास पोखरेल वडा अध्यक्षमा निर्वाचित बनेका थिए ।
उनका भाई सोम पोखरेल तथा आफन्त मिना पोखरेल लगायत एक दर्जन कांग्रेसका सक्रिय नेता कार्यकर्ता भने माओवादी केन्द्रमा प्रवेश गरेर वाम गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् ।
खोटाङ प्रदेश नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार समेत खार्पा निवासी सुवास पोखरेल हुन् । तर, उनकै आफन्त भने माओवादी केन्द्रमा प्रवेश गर्दै वाम गठबन्धनका प्रदेश दुईका उम्मेदवार राजन राई र प्रतिनिधिसभाका उम्मेदवार विशाल भट्टराईलाई जिताउने घोषणा गरेका छन् ।
आफ्नै आफन्त वाम गठबन्धनमा प्रवेश गरेपछि कांग्रेस उम्मेदवार सुवास पोखरेललाई भने झड्का लागेको छ । पार्टी प्रवेशका क्रममा उनीहरुले कांग्रेसबाट अब देशको विकास र समृद्धि सम्भव नदेखेकाले वाम गठबन्धन रोजेको बताएका छन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेमा पोरखेलद्धयका साथै गोरे ब सार्की, योमाया खपांगी मगर, लगायत एक दर्जन कार्यकर्ता रहेको माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राईले जानकारी दिइन् ।