काठमाडौं २ मंसिर
लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेका खोटाङ निवासी बरिष्ठ संगितकार शान्तिराम राई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
उनले कांग्रेसबाट परिवर्तनको सम्भव नदेखेको र समृद्धि र विकासका लागि माओवादी केन्द्र आशाको केन्द्र बनेकाले आफू प्रवेश गरेको बताए । उनले आफ्ना सहकर्मी तथा साथीहरुलाई समेत पुनः विचार गर्न आग्रह गरेका छन् ।
अन्य कांग्रेस कार्यकर्तासँगै उनी शुक्रबार साँझ माओवादी पार्टी कार्यालय पेरिसडाँडामा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।
शान्तिराम राईले २०४६ सालदेखि आर आर क्याम्पसमा नेविसंघबाट राजनीति यात्रा सुरु गरेका थिए भने त्यहाँ उपाध्यक्ष समेत बने ।
२०६१ सालमा संविधासभानको निर्वाचनमा ललितपुर जिल्ला निर्वाचन प्रचार प्रसार समिति सदस्यमा रहेर काम गरे ।
यस्तै उनले कलाकारहरुको विभिन्न संस्थामा रहेर अधयक्ष र महासचिवको भूमिकामा समेत निर्वाह गर्दै आए । उनी आदिवासीका पहिचानजन्य सयौं गीत संगित निर्माण गरी चेतनामूलक अभियानमा आवद्ध व्यक्ति समेत हुन् ।
व्यवसायिक संगीतकारको रुपमा उनले २ हजार भन्दा बढी संगीतको सिर्जनाका श्रष्टा समेत उनी हुन् । उनले नेपाली कांग्रेसको हरेक महाधिवेशनमा सांगितिक क्षेत्रबाट योगदा पुर्याउँदै आएका थिए ।