सिंहदरबार र म

0
163

                                 –प्रेमिला राई
 मेरो अगाडी ठिङ उभिएको छ सिंहदरबार
सदियौं देखि नियालिरहेछु म उसलाई
सायद
उ हेरिरहेछ मेरो चरित्र…

घन्टाघरको प्रत्येक घन्टासँगै फेरिने मेरो रुटिन
बागबजारको एक बन्द कोठामा
घरी घरी चित्कारिदा मेरो आवाज
हासिदिन्छ अटोहास
 यो बागबजारको नक्कली बाघहरु…

सडकमा हरेक बिहान बेलुका
मेरो छट्पटी देखेर
एकोहोरो मभित्र डुब्नुपर्छ भन्छे रानीपोखरी
अनि
यहि सिंहदरबार
जो म हेरिरहेछु मैले चिन्दादेखी
यसको चारै गेटबाट छिर्ने अनँेकौ सिंहहरु
अनेकौ पटक छिरेको छ मेरो अध्यारो कोठामा
भिजेको मुसा भएर….

थाहा छ उनिहरु यो काठमाडौ जङलको
वास्तविक सिह हुन कि होइनन
नापेको छु मैले
प्रत्येकको छातिको चौडा
खाइदिएको छु प्रत्येकको केही भाग जिन्दगी..
तर
जनवार न पर्यो आखिर
प्रत्येक चियाअगफमा आंैल्याएर मेरो कोठा
बदनाम गरिरहन्छ त्यो अँध्यारोको…
खबरदार !
यदि मैले पनि
तिक्तता मेट्दै भट्टी पसलमा
रक्सिको चुस्किसँगै तिम्रो सिंहदरबार देखाएँ भने
तिम्रो के हाल होला??
                                      खोटाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here