लिला निरौला /खोटाङ
मंसिर–१५, खोटाङस्थित माबि तहका बिद्यार्थीले वैदेशिक रोजगारमा जान तयार ब्यक्ति वा गइसकेका परिवारको आफन्तलाई सूचना केन्द्रसम्म पुग्न सल्लाह दिने प्रतिबद्दता जनाएका छन् । सुरक्षित वैदेशिक रोजगार सम्बन्धी बिद्यार्थी सचेतना कार्यक्रम आयोजना भएको बिद्यालयका बिद्यार्थीहरुले सो सम्बन्धी सूचना तथा परामर्श लिनका लागि दिक्तेलबजारमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्र पुग्न सल्लाह दिने प्रतिबद्दता जनाएका हुन् । 
बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगत जिल्लाको बिभिन्न बिद्यालयमा आयोजना गर्दै आएको विद्यार्थी सचेतना कार्यक्रम हालै मात्र ४ वटा विद्यालयमा सम्पन्न भएको परियोजनाले जनाएका छ । कार्यक्रम सम्पन्न पश्चात सहभागी प्रत्येक विद्यार्थीहरुले कागजपत्रको प्रतिलिपि घरपरिवार वा आफन्तलाई नछाडी बैदेशिक रोजगारमा गएका व्यक्तिबाट कागजपत्र मगाउन लगाउने समेत प्रतिबद्धता ब्यक्त गरेका छन्  । कागजपत्रको महतवको बारेमा थाहा पाएपछि घरपरिवारले समेत प्रतिलिपि मगाउन तदारुकता देखाएका छन् ।
वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउनका लागि जिल्लाका १० बिद्यालयका लागि तय गरिएको कार्यक्रमअन्र्तगत रुपाकोट मझुवागढी नगरपालिका–१० स्थित सरस्वती मा वि पाथेका, सोही नगरपालिका–१ का सरस्वती मावि दिक्तेल, ३ नम्बर वडामा पर्ने सावित्रा मा.वि. बाम्राङ र ६ नम्बरमा रहेको कालिका मा.वि. नेर्पामा बिद्यार्थि सचेतना हालै सम्पन्न भएको हो । 
यता, श्री मावि मझुवा बास्बोटेमा पनि पहिलो चरण कार्यक्रम सञ्चालन भईरहेको जनाईएको  छ ।  कार्यक्रममा सुचना तथा परामर्श केन्द्रले दिने सेवासुविधा तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जानकारी दिईन्छ । वैदेशिक रोजगारको फाइदा–वेफाइदा, सुरक्षित वैदेशिक रोजगारको प्रक्रिया, र महिला कामदार सम्बन्धी जानकारीको बिषयमा समेत कार्यक्रममा छलफल हुने गरेको छ । 
कार्यक्रमको उदेश्य  विद्यार्थीको माध्यमबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा उपलब्धिमुलक बनाउने रहेको छ । बिद्यार्थीबाटै घरपरिवार, छरछिमेकी तथा गाउँघरमा सूचना सम्प्रेषण होस भन्ने ध्ययको साथ कार्यक्रम सञ्चालन गर्ने गरिएको परियोजनाले जनाएको छ ।