मंसिर–१७,  चितवनको बादरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच तीन बुँदे सहमति भएको छ । आईतबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष र पीडितहरुबीच तीन बुँदे सहमति भएको हो । 
पीडित पक्षबाट अगाडि सारिएका माग सम्बोधन गर्न माओवादी तयार भएपछि सहमति भएको हो । सहमतिमा मृतकका अश्रित परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा  पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जिवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै घटनामा घाइतेहरुको उपचार गर्दा भएको खर्च दिने तर, त्यसका लागि पीडितका तर्फबाट ३ जना, माओवादीका तर्फबाट ३ जना र माडी नगरपलिकाका प्रतिनिधिसम्मिलित एक कमिटी बनाउने  सहमति भएको छ । 
सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा यसअघि घाइतेहरुले उपचार गर्दा लागेको खर्च समेत माओवादीले व्यहोर्ने सहमति भएको छ ।  सहमतिमा पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरी न्युरेले हस्ताक्षर गरेका छन् भने  माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् । यो सहमतिसँगै बादरमुढे घटनाका पीडितहरुले आज पहिलो पटक माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभासदस्य उम्मेदवार प्रचण्डलाई स्वागत गरेका छन् । 
माओवादी जनयुद्दका क्रममा चितवनको बाँदरमुढेमा भएको दुर्घटनाका पीडि़तहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका हुन् ।
अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीडि़तहरूले बाँदरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । ‘पीडितहरूमाथि र केही पीडितहरूले पनि अरु पीडितहरूमाथि थप पीडा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेष र द्वन्दबाट नभई प्रचण्डको पहलबाट मात्र सम्भव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ’ स्वागतपछि अध्यक्ष प्रचण्डसँग उनीहरूले भने ।
पीडितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीडÞितहरूबीच ३ बूँदे सहमति समेत भएको थियो । (रातोपाटी डट कमबाट साभार)