विराटनगर, माघ । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको २० माघमा बसेको बैठकले प्रदेशको सभामुख, उपसभामुखको निर्वाचन तोकेको छ ।
प्रदेश नं १ का ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा विराटनगरस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले माघ २९ गते सभामुख र फागुन ३ गते उपसभामुखको निर्वाचनको मिति निर्धारण गरेको छ । दुवै निर्वाचनको मिति दिउँसो १ बजेदेखि हुने संघीय सचिवालयका उपसचिव सहजित राईले जानकारी गराए ।
सभामुख र उपसभामुखको निर्वाचनको एक दिन पहिले प्रदेशको सचिवालयमा उम्मेदवारी दर्ता गरिने उनले जानकारी गराए ।