काठमाडौं ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने तयारी गरे । राजीनामाबारे समाचारहरू समेत बाहिर । त्यति मात्र होइन, उपप्रधान तथा उर्जामन्त्री कमल थापाले त बुधबार दिउसै मन्त्रालयबाट बिदा मागेर निस्किए । तर, अन्तिम समयमा देउवाले राजीनामा भने दिएनन् ।

आजको अन्नपूर्ण पोस्टलाइ आधार मान्ने हो भने राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देउवाले राजीनामा रोकेका हुन् ।

सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति त्यागेको बताइन्छ । उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए।
छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन् ।
यद्पी, देउवाले आज राजीनामा दिन सक्ने बताइएको छ । आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा बुधबार राती नै राष्ट्रपतिसमक्ष बुझाएको र अब स्वतः नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएकाले प्रधानमन्त्री पदमा बसीरहँदा पनि औचित्य नहने भएकाले देउवाले आज राजीनामा दिने सम्भावना बढी छ ।