अन्जु राई÷खोटाङ, 

फल्गुन–११,  खोटाङस्थित रुपाकोट मझुवागढी नगरपालिकाका दश वटा माध्यमिक बिद्यालयमा सञ्चालित सुरक्षित आप्रवासन सम्बन्धी बिद्यार्थी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उपलब्धीमुलक बनाउने उदेश्यले हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा बाल सेवा समाज नेपालद्घारा गत असोजदेखि सञ्चालित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सुरक्षित आप्रवाशन परियोजना सामीको बिद्यालय तथा आम सञ्चार कार्यक्रम अन्तर्गत हालै सम्पन्न भएको बिद्यार्थी सचेतना कार्यक्रम नगरपालिकाको एक नम्बर वडामा रहेको दिक्तेलबजारको सरस्वती मा.बि., पाँच नम्बर लफ्याङको बास्बोटे मा.बि., सात नम्बर वडा दोर्पाको बिद्योदय मा.बि. लगायतमा सञ्चालन भएको थियो ।
सचेतना कार्यक्रम नगरपालिकाको आठ नम्बरमा पर्ने दोर्पाकै अन्नपुर्ण मा.बि. बुवालुङ्ग, ९ नौं नम्बर निर्मलीडाँडाको मनकामना जनकल्याण मा.बि., ६ नम्बर नेर्पाको कालिका मा.बि., १४ नम्बर बुइपाको जगदम्बा मा.बि., १३ नम्बरको जालपा मा.बि.नुन्थला, ३ नम्बरको साबित्रा मा.बि. बाम्राङ्ग, र १० नम्बर वडामा पर्ने सरस्वती मा.बि. पाथेकामा सञ्चालन भएको थियो ।
उक्त कार्यक्रममा कक्षा ९ र १० का बढि बिद्यार्थीको सहभागिता रहेको थियो । यी १० वटा मा.बि.का सहभागि बिद्यार्थीहरुलाई यो अन्तिम चरणको कार्यक्रममा सुरु र अन्तिम चरणमा छलफल गरिएको बिषयहरुको मुल्याङ्कन स्वरुप  वैदेशिक रोजगार सम्बन्धि हाजिरीजवाफ प्रतियोगिता गरिएको बताईएको छ ।
कार्यक्रममा सहभागी बिद्यार्थीहरुले आफ्नो परिवार तथा गाउँटोलका सम्भाबित आप्रवासीहरुलाई  दिक्तेलबजारमा सञ्चालित सुचना केन्द्रमा पठाउनका साथै सिप तामिको महत्वको बारेमा जनकारी गराउने प्रतिबद्घता जनाएका छन् । बिदेशमा भएको आफन्तहरुको कागजपत्रहरु मगाउने र जान लागेकोहरुलाई छोडेर जानको लागि सूचना दिँदै बैदेशिक रोजगार सम्बन्धि समस्याहरु भेटेमा तुरुन्त सुचना केन्द्र पठाउने सहभागी बिद्यार्थीहरुले बताएका छन् ।