उडान नभएपछि बिरामीको मृत्यु

0
101
४ मंसिर : मौसम प्रतिकूलताका कारण यहाँको खाल्लेस्थित खानीडाँडा विमानस्थलमा उडान नभएपछि उपचारको अभावमा एक बिरामीको मृत्युभएको छ । गत बिहीबार बेलुकी विषसेवन गरेर बेहोस बनेकी दिक्तेल–४ की ३० वर्षीय देवीका आचार्यलाई थप उपचारका लागि काठमाडाँै लैजान हिजो विमानस्थल पु¥याएपनि उडान नहुँदा सदरमुकाम फर्काउनु प¥यो । उनको आइतबार बिहान मृत्युभएको प्रहरीले जनाएको छ ।
    काठमाडाँै खानीडाँडा उडान भर्दै आएको नेपाल वायुसेवा निगमले शनिबार उडान नगर्दा ती बिरामीको मृत्युभएको पारिवारिक स्रोतले जनायो ।
    पारिवारिक विवादपछि विषसेवन गरेको तीनदिनसम्म पनि उडान नहुँदा उपचारको अभावमा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया