खोटाङ खाल्ले ३ घर भएका शिव कटवालका १८ वर्षीय छोरा कर्ण कटवाल करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
उनको टाउको नाक र दाहिने हातमा गम्भिर चोट लागेको छ । कटवाल घटनापछि अचेत अवस्थामा छन् ।

उनलाई हिजो साँझ करेण्ट लागेपछि उपचारका लागि जिल्ला अस्पतालमा पुर्र्याएको तर त्यहाँ उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ । उनको अवस्था गम्भिर रहेको जनाइएको छ ।
खोटाङ जिल्लामा विद्युत लाइनको व्यवस्था राम्रो नभएको आवाज उठ्दै आएको छ ।