खोटाङ जिल्लाका महिलाहरुले आफ्नोले सुरक्षाका माग गर्दै बुधबार स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

महिला मानवअधिकार रक्षक सन्जालको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्रमार्फत सुरक्षाको माग गरेका हुन् ।

उनीहरुले महिलाको हक, अधिकार सुनिश्चितताका लागि बहस गर्दा आफुहरु असुरक्षित भएको भन्दै ध्यानाकर्षण गराएको जनाएका छन् ।

खोटाङमा महिला असुरक्षाका साथै घरेलु हिंसाका घटनाहरु निकै घट्दै आएका छन् ।