किराँत जनवादी वर्कसद्वारा सरकारसँग वार्ता गर्न वार्ता टोलि गठन

0
74

पूर्वी पहाडमा जातीय अग्राधिकारसहितको किराँत स्वायत्त राज्यको माग गर्दै आएको किराँत जनवादी वर्कस पार्टीले सरकारसँग वार्ता गर्न ५ सदस्यीय वार्ता टोलि सार्वजनिक गरेको छ ।

वर्कसको केन्द्रिय सदस्य पारुहाङ किरातीका संयोजकत्वमा एक वार्ता टोलि गठन गरेको हो । 
सो वार्ता टोलिको सह संयोजक हाङगछा किराती सदस्यहरुमा बलहादुर राई, विजय राई र पाण्डव राई रहेका छन् ।
वर्कस र सरकारबीच यसअघि ३ पटकसम्म वार्ता भएपनि अहिलेसम्म माग पुरा नहुँदा जातीय अग्रांधिकारसहितको किराँत स्वायत्त राज्यको मागसहित संघर्ष गरिरहेको छ ।
यसअघि वार्ता टोलिका संयोजक समुन बान्तवा भने अर्के जिम्मेवारी पाएकाले संयोजक परिवर्त गरिएको जनाएको छ । 
प्रतिक्रिया