दमन राई/ खोटाङ  – आगलागीमा घर जलेपछि खोटाङमा एक दलित परिवारको बिचल्ली भएको छ ।
आगलागीमा घर र घरमा भएका सवै अन्न, लत्ताकपडा र मालमत्ता जलेपछि याम्खा–५ लिलीमाका प्रेम परियारको ६ जनाको परिवार बिचल्लीमा परेको हो ।

 आगलागीमा खाने अन्न र बस्ने ठाउँ गुमाएर विचल्लीमा परेका परियार अहिले
छिमेकीहरुले बाँसको चित्राले बारेर बनाईदिएको छाप्रोमा बसिरहेका छन् ।
निम्न आर्थिक स्तर भएका परियारको घरमा आज बिहान कोही नभएको समयमा आगलागी भएको थियो ।
आगलागीमा परियारको बाँसको टाँटीले बनाईएको घर र घरमा भएका सबै सामग्री जल्दा करिब ५० हजार बराबरको क्षती भएको छिमेकी राजेन्द्र राईले जानकारी दिए ।