माघ–२५, रक्सीले मातेर कार्यालय आउने जिल्ला प्रशासन कार्यालय खोटाङका एक खरिदार पक्राउ परेका छन् ।

कार्यालय समयमै रक्सीले मातेर कार्यालय आएका खरिदार कर्णाखर आचार्यलाई प्रहरीले बिहीबार विहान पक्राउ गरेको हो ।

कार्यालयमा आएर हो–हल्ला गरिरहेका अवस्थामा खरिदार आचार्यलाई प्रशासन कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले जानकारी दिनुभयो ।