बैशाख–१३, जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा शिक्षा ऐन विपरित बिद्यालय स्थापना तथा शाखा सञ्चालन नगर्न संस्थागत एबं निजी बिद्यालयहरुलाई निर्देशन दिएको छ । 

शिक्षा ऐन विपरित बिद्यालय स्थापना गरेको, अनुमतीविना शाखा बिस्तार गरेको तथा थप कक्षा सञ्चालन गरिरहेको उजुरी परेपछि जिल्ला शिक्षा कार्यालयले संस्थागत एबं निजी विद्यालयका सञ्चालकहरुलाई यस्तो निर्देशन दिएको हो । 
उजुरीपछि शिक्षाले बिहिबार बोलाएको बैठकमा जिल्लाका ११ मध्ये ८ संस्थागत विद्यालयका सञ्चालकहरुले शिक्षा ऐन विपरित बिद्यालय स्थापना, शाखा बिस्तार तथा अनुमतीबिना थप कक्षा सञ्चालन नगर्ने प्रतिबद्धता जनाएर फर्किएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत अशोक पराजुलीले बताउनु भयो । 
जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा अनुमतीबिना २० भन्दा बढि बोर्डिङ तथा निजी बिद्यालयहरु सञ्चालनमा रहेको अनुमान गरिएको छ ।