बैशाख–२०, खोटाङको पर्यटकीयस्थल भुलभुलेमा बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको छ । 
नेर्पा–५ स्थित भुलभुलेमा नेचुरल आर्ट ग्यालरी इटहरी र स्थानीयबासीको ३ लाख १५ हजारको लागतमा एकैसाथ बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको हो । 
भुलभुले क्षेत्रको पर्यटन विकास र प्रवर्धनकालागि बुढानिलकण्ठ र एलम्बरको प्रतिमा स्थापना गरिएको निर्माण समितिका कोषाध्यक्ष सन्तकुमार राईले जानकारी दिनुभयो । 
धार्मिक सहिष्णुता र सद्भावकालागि पनि स्थापना गरिएको प्रतिमा स्थानीय बयोबृद्ध रामबहादुर राई, नेचुरल आर्ट ग्यालरीका रोजन राई र शशीकिरण राईले अनाबरण गर्नुभएको हो । 
सदरमुकाम दिक्तेलबाट नजिक रहेको भुलभुले क्षेत्रमा दर्शन गर्ने र भ्रमण गर्न जाने सर्वसाधारहरुको भीड लाग्ने गर्दछ ।