बैशाख, खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको खोटाङको बाम्राङका विभिन्न स्थानमा पहेँलो झण्डा फहराइएको छ । 
सिंगो गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ स्थानीय सुर्केडाँडा निमाविमा क्रियासिल जुनियर रेडक्रस सर्कलले हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेका ३० स्थानमा पहेँलो झण्डा फहराएको हो । 
गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग पु¥याउनकालागि विद्यालय क्षेत्रभित्रका ६, ७, ८ र ९ वडामा पहेँलो झन्डा राखिएको शिक्षक नायक लिलाबहादुर खत्रीले जानकारी दिनुभयो । व्यवस्थापन समितिका पदाधिकारी, अविभावक, शिक्षक, विद्यार्थीलगायतको संयुक्त टोलीले गाउँमा पहेँलो झण्डा फहराएका हुन् । 
सन् २०१६ सम्ममा जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई सफल पार्नका लागि आफूहरुले यस्तो अभियान थालेको आयोजकले जनाएको छ ।