जेठ–२६, ठेकेदारको ढिलासुस्तीका कारण खोटाङको दिक्तेल–खानीडाँडा सडक ग्राभेलिङको काम अलपत्र बनेको छ । 
कामको जिम्मा लिएको ठेकेदारले सम्झौता गरेको मितिमा काम पूरा नगरेपछि सदरमुकाम दिक्तेलको अल्छेढुंगादेखि अस्पताल हुँदै खानीडाँडा बिमानस्थल जोड्ने ६ किलोमिटर लामो सडक ग्राभेलिङका काम अलपत्र बनेको हो । 

ठेकेदारले तोकिएको समयमा काम पूरा नगरेको र दातृ संस्था ग्रामिण पहुँच कार्यक्रम र्याप पनि जिल्लाबाट फिर्ता जान लागेका कारण सडक ग्राभेलिङका काम अलपत्र बनेको खोटाङ सरोकार समाजका खुसनारायण शैंजूले बताउनुभयो । ग्रामिण पहुँच कार्यक्रम ¥यापको आर्थिक सहयोगमा गत माघदेखि सडक ग्राभेलिङका काम शुरु गरिएको थियो । 
ग्राभेलिङको कामको सम्झौता मिती गत शुक्रबार सकिएको ग्रामिण पहुँच कार्यक्रम ¥यापले जनाएको छ । ठेकेदार र ¥यापबीचमा चार महिनामा काम पूरा गर्ने शर्तमा गत माघ–६ गते दोहोरो सम्झौता भएको थियो । ग्रामिण पहुँच कार्यक्रम ¥यापले भने वर्षाका कारण हाललाई काम अघि बढाउन नसकिएको जनाएको छ । 
¥याप फिर्ता गएपनि हिँउदमा सडक ग्राभेलिङका काम पूरा हुने ग्रामिण पहुँच कार्यक्रम ¥यापका प्रमुख दशरथ मोक्तानले बताउनु भयो । यसैबीच, अलपत्र बन्न लागेको सडक ग्राभेलिङका काम पूरा गर्न खोटाङ सरोकार समाजले ग्रामिण पहुँच कार्यक्रम ¥यापलाई आग्रह गरेको छ । 
सम्झौता मिति सकिएको र ¥यापले पनि छाडेर जान लागेपछि अलपत्र बन्न लागेको सडक ग्राभेलिङका काम पूरा गर्न समाजमा आवद्ध व्यक्तित्वहरुले ¥यापलाई आग्रह गरेको हो । 
सन् २००१ मा खोटाङ भित्रिएको ग्रामिण पहुँच कार्यक्रम ¥याप १२ वर्षे कार्यअवधि पूरा गरी आगामी असार–१६ गते फिर्ता हुँदै छ ।