जेठ–२३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित वित्तिय साक्षरता कक्षा सम्पन्न भएको छ । नगरपालिकाको १, २ र ४ नम्बर वडामा गत असोजदेखि शुरु गरिएको वित्तिय साक्षरता कक्षाका सहभागीहरुले वित्तिय लक्ष्य अपनाउनका साथै ब्याबसायिक योजना शुरु गरेसँगै कक्षाको समापन गरिएको हो ।

सहभागीहरुले जीवन विमा र वैदेशिक रोजगारीमा भएको व्याक्तिको महत्वपुर्ण कागजपत्र मगाउनका साथै दीगो आम्दानीको बाटो अपनाएको बित्तिय साक्षरता सहजकर्ताहरुले जनाएका छन् । नगरको १५ स्थानमा बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको वित्तिय साक्षरता कक्षा एकै साथ समापन .गरिएको हो ।
 वैदेशिक रोजगारमा गएको घरपरिवारको विप्रेषण प्राप्त गर्ने सदस्यलाई सहभागी गराएर दिईने उक्त कक्षा समापनमा स्थानीय जनप्रतिनिधि, संस्थाका अध्यक्ष सामी हेल्भेटासको जिल्ला संयोजक लगायतको उपस्थिती थियो ।