फागुन–१४, सडकलाई पहिलो प्राथमिकतामा राख्दै खोटाङको २१ औं जिल्ला परिषद्ले १ अर्ब ९२ करोडभन्दा बढि बिनियोजित रकम पारित गरेको छ । मङ्गलबार सम्पन्न जिल्ला परिषद्ले सडकमा २० करोड, कृषिमा पाँच करोड २६ लाख ५९ हजार चार सय २५ रूपैयाँको बजेट विनियोजित बजेट पारित गरेको हो । 

कृषि क्षेत्रको विकासका लागि साझेदारी स्वीस सरकार विकास सहयोग कार्यक्रम अन्तरगत दिगो भू–व्यवस्थापन कार्यक्रमका लागि ३५ लाख ८९ हजार चार सय २५, तरकारी बिउ आयोजना (सिप्रेड) तीन लाख ८२ हजार पाँच सय, एक गाउँ एक उत्पादन कार्यक्रमका लागि ३४ लाख ३३ हजार, पहाडी मकैबाली अनुसन्धान कार्यक्रममा ३८ लाख ३७ हजार पाँच सय रूपैयाँको बजेट पारित गरेको छ । १८ औं जिल्ला परिषदले पारित गरेको पाँच वर्षे आवधिक योजनामा कृषिलाई प्राथमिकतामा राखे पनि २१ औं जिल्ला परिषदसम्म आइपुग्दा सडक पहिलो प्राथमिकतामा परेको हो । 
जिल्ला परिषद् संघीय समाजवादी पार्टीका अध्यक्ष तथा संविधानसभा सदस्य अशोककुमार राईले उद्घाटन गरेका गर्नुभएको थियो । प्रमुख अतिथि कसलाई राख्ने भन्नेबारेमा जिल्लास्थित राजनीतिक दलहरुवीच विवाद भएपछि पूर्व यातायात मन्त्री समेत रहेका राईलाई प्रमुख अतिथि बोलाइएको हो । 
जिल्ला प्रवेशमा रोक लगाउने एमालेकै प्रस्तावमा अध्यक्ष राईलाई परिषद्को प्रमुख अतिथि बनाइएको अन्य दलका नेताहरुले बताएका छन् । एक नेताका अनुसार अध्यक्ष राईको गृह जिल्ला पनि खोटाङ् नै भएकाले विवादित विषय टुङ्गो लगाउन पमुख अतिथि बनाइएको हो ।