असोज । खोटाङको च्यास्मीटारका स्थानीय युवा समुहले जाँड रक्सी बेचबिखन तथा सेवन नगर्न आव्हान गरेको छ । च्यास्मीटार–४ दाल्फु क्षेत्रमा जाँड रक्सी बेचबिखन तथा सेवनमा रोक लगाएको घोषणा गरेको स्थानीय सिर्जनात्मक एकता युवा समुहले सार्वजनिक सुचना टाँस गरी मादक पदार्थ बिक्रीवितरण तथा सेवन नगर्न आव्हान गरेको हो ।

जाँडरक्सीको अधिक प्रयोगबाट हुने व्यक्तिगत तथा सामाजिक हानीनोक्सानीबाट सबैको बचाउ गर्दै गाउँमा कुलत तथा दुव्र्यासनी न्यूनीकरण गर्नकालागि मादक पदार्थ बिक्री बितरण तथा सेवन नगर्न आव्हान गरिएको युवा समुहले जनाएको छ । समुहले गाबिसका बिभिन्न ठाउँमा कुलतको प्रयोग नगर्न आव्हान गरिएको सार्वजनिक सुचना टाँस गरेको छ । आफ्नो गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउने उद्धेश्य सहित समुहले गाबिसका राजनैतिक दल, गाबिस, प्रहरी चौकी, स्वास्थ्य चौकी, संघसंस्था, बिद्यालय लगायतको समर्थनमा कुलत बिरुद्धको अभियान थालेको हो ।

गाउँमा खुलेआम बिक्रीबितरण हुने जाँडरक्सीका कारण समाजमा झै–झगडा, हो–हल्ला तथा सामाजिक बिकृति फैलिन थालेपछि त्यसलाई रोकथाम गर्न गाउँमा मादक पदार्थ निषेधको अभियान थालिएको सिर्जनात्मक एकता युवा समुहका अध्यक्ष रसकुमार राईले बताउनुभयो । आफ्नो आग्रहलाई बेवास्ता गर्ने व्यक्तीलाई आर्थिक र सामाजिक बहिस्कार गरिने समुहले चेतावनी दिएको छ । युवा समुहले सिमाना तोकेर दाल्फु क्षेत्रभित्र जाँड रक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । एउटा गाउँबाट सुरु गरिएको अभियानलाई क्रमशः अन्य गाउँमा बिस्तार गरिने समुहका सचिव खबिराज राईले जानकारी दिनुभयो ।