लिला निरौला/खोटाङ
साउन–९, खोटाङमा वैदेशिक रोजगारीमा गएका परिवारको सदस्यहरुले कृषि समुह गठन गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१, २ र ४ वाट वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यहरुले कृषि समुह गठन गरेका हुन् ।
बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीले सञ्चालन गरेको २८ हप्ते वित्तीय साक्षरता कक्षाको प्रभावबाट सामुहिक रुपमा अगाडी बढ्ने उद्धेश्यले तीन वटा वडामा सात वटा कृषि समुह गठन गरिएको बताईएको छ । वैदेशिक रोजगारीमा जाने परिवारका रेमिट्यान्स सञ्चालकहरुलाई दिईने वित्तीय साक्षरता कक्षाका सहभागीहरुले जिल्ला कृषि विकास कार्यालय खोटाङमा कृषि समुह दर्ता गराएको विद्यालय तथा आम सञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यले बताउनुभयो । 
सामुहिक रुपमा आम्दानी तथा वचत गर्दै जीवनयापनलाई सहज बनाउनका लागि जागरुक बनेका समुहले कृषिलाई आधुनिकरण गर्न व्यावसायिक योजना सकेत बनाएका छन् । वित्तीय साक्षरता कक्षामा सहभागी बनेपछि स्थानीय कृषकहरु मौसमी तथा वेमौसमी तरकारी खेती खाद्मान्न तथा नगदेबाली साथै पशुपालनमा रमाउन थालेका छन् । वित्तीय साक्षरतामा सहभागी भई कृषक समुह बनेपछि कतिपय सदस्यले ऋण लिएर व्यावसाय सुरु गरेको स्थानीय बताउँछन् । 
सामुहिक बचत सङ्कलन  गरी व्यावसायमा लगानी गर्ने र बाँकी रकम सहकारीमा बचत गर्ने निर्णय गरेको समुहमा आवद्द ब्यक्तिहरुको भनाई छ ।