माघ–२७, खोटाङको एक विद्यालयलाई टेम्माली परिवार हङकङले साँढे आठ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको भौतिक तथा शैक्षिक उन्नति, प्रगतिको कामना गर्दै टेम्मास्थित कृष्ण उच्च माध्यमिक विद्यालयलाई टेम्माली परिवार हङकङले आठ लाख ४९ हजार आठ सय ७५ रुपैया आर्थिक सहयोग गरेको हो । 
विद्यालयलाई जजिन चाम्लिङले एक लाख ५० हजार, अविरमान राईले एक लाख ५० हजार, टीकाराम समालमगरले एक लाख ५० हजार, गंगाप्रसाद चाम्लिङले एक लाख, होमकुमारी राईले ५० हजार, इन्द्रकुमारी राईले ५० हजार, राकेशचन्द्र राईले ५० हजार, दिपक राईले ५० हजार, आशिष राईले ५० हजार, मंगलसिं राईले ३० हजार र बिमला राईले १९ हजार आठ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक खेमराज मगरले जानकारी दिनुभयो । टेम्माली परिवार हङकङका अध्यक्ष जजिन चाम्लिङको नेतृत्वमा ११ जनबाट सो रकम संकलन भएको प्रअ मगरको भनाइ छ । 
खोटाङ क्षेत्र नम्बर–२ का माननीय सभासद बिशाल भट्टराईको हातबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राईलाई हस्तारन्तरण गर्नुभएको थियो । रकम हस्तान्तरण कार्यक्रममा सहयोगदाताहरुलाई दोसल्ला ओढाएर सम्मान तथा अभिन्नदन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा स्थापना गरिने पुस्तकालय भवन निर्माणका लागि थप रकम संकलन गरेर पठाउने अध्यक्ष चाम्लिङले बताउनुभएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा पूर्व विव्यास सदस्य टेम्मा–७ निवासी मानबहादुर सुनामले एक हजार एक सय ३० रुपैयाँ प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।