चैत्र–११, खोटाङमा साहित्यिक द्वैमासिक पत्रिका ‘रोदुङ आवाज’ बिमोचन गरिएको छ । किरात राई बिद्यार्थी संघले प्रकाशन सुरु गरेको पत्रिका मंगलबार किरात राई कर्मचारी मञ्चका जिल्ला अध्यक्ष श्रीकुमार राईले बिमोचन गरेका हुन् । 
साहित्यिक पत्रिका रोदुङ आवाजमा साहित्यिक सिर्जना, संघका गतिबिधि, सुचना लगायतका सामग्री समेटिने पत्रिकाका प्रधान सम्पादक बीरेन्द्र राईले बताउनु भयो । कार्यक्रममा मञ्चकी केन्द्रीय सदस्य कोपिला राई, संघकी केन्द्रीय सदस्य सपना राई, संघका पाँचौं जिल्ला सम्मेलन आयोजक समितिका अध्यक्ष प्रबिण राई लगायतको उपस्थिति थियो ।