जेठ–६, महाभुकम्पवाट मृत्यु हुने मृतात्माले चीर शान्तिको कामना गर्दै नेपाली सेनाले खोटाङमा शान्ति पुजा गरेको छ । भुकम्पवाट मृत्यु हुने खोटाङे तथा समस्त नेपालीको अत्माले शान्ति पाओस् भनि वुधवार दिक्तेलस्थित जवरजंग गण मुडे व्यारेकले शान्ति पुजा गरेको हो । 
गत वैशाख १२, १३ र २९ गतेको भुकम्पले मृत्यु हुनेको आत्माको शान्ति तथा घाईंतेहरुको शीघ्र स्वास्थ्य लाभ र विस्थापितहरुलाई पुर्नस्थापित होस् भन्ने कामना गर्दै शान्ति पुजाको आयोजना गरिएको गणपति रामवहादुर थापाले जानकारी दिनुभयो । पुजामा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालगायत जिल्लाका सुरक्षा प्रमुख, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिती थियो ।

भुकम्पवाट काठमाण्डौलगायतका ठाउँहरुमा १२ जना खोटाङेको मृत्यु भएको छ । जिल्लामा ५ जना घाईंते हुनको साथै २ हजार २ सय १४ घर भत्कँदा १३ हजार वढी विस्थापित भएका छन् । 

यो पनि हेर्नुहोला ।

भूकम्प पिडितको नाममा