खोटाङ, असोज १२, खोटाङको च्यास्मीटार–६ स्थित पिपलटार निमाबिको एक कोठे भवन उदघाटन गरिएको छ । 
७ लाख २० हजारको लागतमा निर्माण गरिएको भवन मंगलबार सभाषद पाँचकुमार राई पिकेले उद्घाटन गर्नुभएको हो । महिना दिनमै निर्माण गरिएको भवन सभाषद राईले प्रमुख अतिथिकारुपमा उदघाटन गर्नुभएको हो । निर्वाचन क्षेत्र बिकास कार्यक्रमको ६ लाख र १ लाख २० हजारको श्रमदानबाट बिद्यालयको भवन निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बर्णकुमार राईले बताउनुभयो ।
कार्यक्रममा खम्बुवान राष्ट्रिय राष्ट्रिय मोर्चा नेपालका जिल्ला अध्यक्ष तुलसी तिलुङ खम्बू, गाबिस सचिव चन्द्र कट्वाल लगायतको उपस्थिति रहेको स्थानीय मातृका चामलीङले जानकारी दिनुभयो ।