रामधन राई/खोटाङ, १९ खोटाङ । पछिल्लो समय चर्चा बटुल्न सफल गायक रेवत राईको नयाँ गीति भिडियो ‘चारधाम’ सार्वजनिक भएको छ । गायकका साथै संगीतकारको समेत परिचय बनाउन सफल राईको डेब्यु एल्बम ‘इमर्ज’मा संग्रहित ‘चारधाम घुमी आएँ भन्छौ….’ बोलको गीतको भिडियो हालै सार्बजानिक भएको हो ।

वीरेन्द्र राईको शब्दमा रहेको उक्त गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । भिडियोमा नीता ढुंगाना, अनुप यङचार राई र माधव पण्डित तथा गायक रेवत स्वयं समेतको अभिनय रहेको छ । दिनेश डिसीले निर्देशन गरेको भिडियोलाई मानकृष्ण महर्जनको छायांकन र नहकुल केडीकेले सम्पादन गरेको भिडियोलाई युट्युबमा समेत हेर्न सकिन्छ ।

बिभिन्न गायन प्रतियोगिताहरुबाट अब्बल साबित हुँदै आएको खोटाङका गायक रेवत पछिल्लो समयमा देशदेखि विदेशका विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिन व्यस्त छन् ।