काठमाडौं २७ जेठ
संकलन रकम बिरामी रुकमानलाई हस्तान्तरण गरिदैं
जंगली च्याउ खादा सिकिस्त बिरामी परेको परिवारको उपचारका लागि आर्थिक अभाव सिर्जना भएपछि गाउँलेले आर्थिक सहयोग अभियान सुरु गरेर उपचारमा सहयोग पुर्याएका छन् ।
गत शुक्रबार खोटाङ च्यानडाँडा १ सेखुवाका एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका थिए । बिरामीहरुको आइतबार हेलिकप्टरमार्फत काठमाडौंमा ल्याएर उपचार सुरु गरिए पनि दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको उपचार भईरहेको छ । एकै परिवारका सबै बिरामी भएको, हेलिकप्टर खर्चका साथै आईसियूमा राखेर उपचार गर्नुपर्ने र महंगो औषधी चलाउनुपर्दा उपचार खर्च नै अभाव भएपछि गाउँलेले आर्थिक सहयोग अभियान चलाईरहेका छन् ।
हाल काठमाडौंमा रहेका सेखुवाबासी नवराज राई, सन्तोष राई र राज राईले अभियान सञ्चालन गरेर ६२ हजार १ सय संकलन गरी सम्बन्धित व्यक्तिलाई दिईसकेका छन् । थप ६४ हजार भन्दा बढी  देश तथा विदेशमा रहेका खोटाङबासीबाट सहयोग गर्ने प्रतिबद्धता भईसकेको जानकारी दिँदै उनीहरुले अझै पनि उपचार खर्च अभाव रहेकाले आर्थिक सहयोग गरिदिन सबै खोटाङबासीसँग आग्रह गरेका छन् ।