खोटाङ असोज–२४,  असोज–२४, खोटाङमा वडाध्यक्षमाथि यौन दुव्र्यबहारको आरोप लागेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ देर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानमाथि यौन दुव्र्यहार गरेको आरोप लागेको हो ।

जिल्ला अदालत खोटाङमा सोमबार ३३ वर्षीय महिलाले चौहान बिरुद्ध यौन दुव्र्यबहार मुद्धा दर्ता गरेकी छन् । चौहान बिरुद्ध २०७५–सी ४–०००७ नम्बरमा यौन दुव्र्यबहार मुद्धा दर्ता भएको अदालतका श्रेष्तेदार लालबहादुर कार्कीले बताउनुभयो ।

महिलामाथि असोज १६ गते राती सुतिरहेको अवस्थामा दुव्र्यवहार गरेको आरोप छ । २०७४ साल पौष १८ गते पनि यौन दुव्र्यवहार गरेको पीडित महिलाको दाबी छ । यौन दुव्र्यबार मुद्धा हाल्ने महिला शिक्षिका हुन् ।

आरोपित वडाध्यक्ष चौहानले भने आफुलाई फसाउने नियतले मुद्दा दर्ता गराएको जनाएका छन् । पीडित भनिएको विद्यालयका प्रअसँग विद्यालय सार्ने, नसार्ने विषयमा विवाद भईरहेकोले सोही रिसिवी साँध्न योजनावद्द ढंगले आफुलाई आरोप लगाएको चौहानको भनाई छ ।

चौहानले आफुमाथि पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको आरोप लागे पनि त्यो झुटो रहेको  जनाउँदै आएका छन् । उजुरीमा पीडितले आफुमाथि वलात्कार प्रयास भएको मितिभन्दा लामो समय अघिदेखि नै आफुले ती महिलालाई देख्दै नदेखेको र भेट्दै नभेटेको आरोपितको भनाई छ ।