खोटाङ २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टंक राईले सरकारको काम गर्ने क्षमता भन्दा बढि जनताको अपेक्षा रहेको बताएका छन् । जनताको उक्त अपेक्षाको मात्रा बढि हुन पुग्दा सरकार आलोचित भएको उनको भनाई छ ।
दशैं र तिहार लगायत पर्वको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटीले शनिबार दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पूर्व सांसद समेत रहेका उनले सरकारले आफ्नो काम गरिरहेको भए पनि जनताको अपेक्षा उच्च रहेको र त्यही कारण जनताको अपेक्षा र सरकारको कामका विषयमा तालमेल नमिल्दा सरकारको आलोचना भएको बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, प्रदेश सभाका सांसद राजन राई,  उषाकला राई, नेकपा ध्रुब बुढाथोकी धिरेन, रामप्रसाद दंगाल पुर्वसांसद दुर्गाजयन्ती राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।