खोटाङ कात्तिक–१०, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलखर्कवजारवाट काठमाण्डौंतर्फ लागेको सुमो पल्टेको छ । आज शनिवार बिहान ९ जना यात्रु बोकेर काठमाण्डौं लागेको ना १ ज ४२७६ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको वोजे ओडारमा सडकमै पल्टेको हो ।
दिनको १ बजे सुमो पल्टँदा यात्रुहरु सामान्य घाईंते वनेको स्थानीयले जनाएका छन् । सुमो पल्टिएपछि अर्को सुमोमा यात्रुहरुलाई पठाईएको प्रहरीले जनाएको छ ।