खोटाङका अग्नि पिडित गोविन्द कटवाललाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । खोटाङ यातायात प्रालिका कोषाध्यक्ष समेत उनलाई यातयात ब्यवसायी तथा कर्मचारीहरुबाट १ लाख २६ हजार ८ सय ८५ रुपैयाँ आर्थिक सहयोगगरिएको हो ।

संकलित रकम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल र उद्योग वाण्ज्यि महासंघ खोटाङका अध्यक्ष उपिन कुमार राईले हस्तान्तरण गरेका छन् ।

सहयोग रकम हस्तान्तरणकाक्रममा खोटाङ यातायात प्रालिका महासचिब राम हिङमाङलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको खोटाङ यातायात प्रालिले जनाएको छ । यस अघि अग्नि पिडितका लागि खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषबाट १० हजार र प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामकुमार राई पासाङले ब्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ सहयोग प्रदान गरे ।

गत साउन ७ गते दिउँसो करिब ५ बजेको समयमा मिटर बक्सबाट विधुत सर्ट भई आगलागी हुँदा कटवालको घर पुर्णरुपमा क्षति भएको छ । आगलागीबाट भाडावर्तन, लत्ताकपडा, काठपात जल्दा करीव ४० लाखको क्षति भएको थियो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here