जिल्ला प्रशासनमा सेवाग्राहीको भीड

0
94
खोटाङ कात्तिक–१३, दशैं सकिए लगत्तैदेखि खोटाङ जिल्ला प्रशासनमा सेवाग्राहीको भीड लाग्दै आएको छ । दशैंको विदादेखि प्रशासन खुले लगत्तै नागरिकता वनाउने, राहदानीको सिफारिस लिने लगायतका सेवा लिन दैनिक डेढ सय वढी नागरिक जिल्ला प्रशासनमा आउने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले वताउनुभयो । 
दशैं तथा तिहार मनाउन घर फर्केको मौकामा प्रशासनिक कागजातको काम गर्ने सेवाग्राही जिल्ला प्रशासनमा जाने गर्दछन् । यसवीचमा सवैभन्दा वढी दैनिक सरदर एक सय जना सेवाग्राहीले नागरिकता वनाउने गरेको प्रजिअ पौडेलले जनाउनुभयो । यस्तै, ३५ देखि ४५ जना सेवाग्राही राहदानीको सिफारिस लिन प्रशासनमा आउने गरेका छन् । प्रशासनमा नयाँ नागरिकता वनाउने, हराएको प्रतिलिपि लिने, सच्याउने जस्ता कार्यको लागि सेवाग्राहीको घुईंचो लागेको भेटिन्छ । दशैं तिहारको वीचमा नागरिकता र राहदानी वाहेक अन्य प्रशासनिक कागजातको लागि आउने सेवाग्राही पनि वढेका छन् ।  
सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी केही समय अघि सरुवा भएर गएपछि उक्त स्थान खाली भएकाले कामको चाप वढी भएको प्रमुख जिल्ला अधिकारीले वताउनुभयो । सेवाग्राहीको भीड वढेपछि हाल ईलाका प्रशासन कार्यालय ऐसेलुखर्कवाट समेत कर्मचारी झिकाई नागरिकको कार्य सम्पादन गरिरहेको उहाँको भनाई छ । 
जिल्ला प्रशासनमा जस्तै ईलाका प्रशासन कार्यालय खोटाङवजार र ऐसेलुखर्कमा पनि सेवाग्राहीको भीड लागेको जनाईएको छ । 
प्रशासन वाहेक जिल्लास्थित मालपोत, नापी लगायतको अन्य सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप वढेको पाईएको छ ।
प्रतिक्रिया