खोटाङ, १९ कात्तिक । खोटाङको नुनथला–८ का स्थानीयले देउसी खेलेर संकलन भएको रकमबाट डिजिटल प्रविधिको साउण्ड सिस्टम खरिद गरेका छन् ।
देउसी खेलेर जम्मा भएको १६ हजार ३ सयमध्ये १२ रुपैयाँमा डिजिटल प्रबिधिको साउण्ड सिस्टम खरिद गरेका हुन् । गाउँमा हुने निजी तथा सामाजिक कार्यक्रमका बेलामा उपयोग गर्नेगरी साउण्ड सिस्टम खरिद गरिएको स्थानीय दोर्जे शेर्पाले बताए । डिजिटल प्रबिधिको साउण्ड सिस्टम अन्य गाउँका स्थानीयलाई भाडामा दिने व्यवस्था मिलाइएको छ ।
 ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने नारा सहित तिहारमा खेलिएको देउसीबाट जम्मा भएको अन्य रकम पनि अन्य आवश्यकीय उपकरण खरिदमा खर्च गरिने जनाइएको छ ।