खोटाङ । जिल्लाका विभिन्न चार वटा स्थानीय तहमा करोडमाथिको लगानीमा १५/१५ शैयाका अस्पताल बन्ने भएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, केपिलासगढी गाउँपालिकको बाक्सिला, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा १५ शैयाँको अस्पताल बन्ने भएका हुन् ।

सांसद विशाल भट्टराईले आर्थिक वर्ष २०७७/७८ मा ती स्थानीय तहहरुमा अस्पतालका लागि बजेट विनियोजन भएको बताएका छन् ।

सांसद भट्टराईले केपिलासगढी गाउँपालिकका लागि तीन करोड ७० लाख, हलेसीका लागि तीन करोड २८ लाख, जन्तेढुंगााका लागि तीन करोड २८ लाख र ऐसेलुखर्कका लागि तीन करोड दुई लाख बजेट विनियोजन भएको जनाएका छन् ।

खोटाङमा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक हाल १५ शैयाको जिल्ला अस्पताल मात्र सञ्चालनमा रहेको छ । खोटाङेहरु लाखौं तिरेर हेलिकप्टर रिजर्भ गरि उपचार गर्न बाध्य हुँदै आएका छन् ।