खोटाङ । जिल्लामा आरडिटि पोजिटिभ देखिएका आठ सहित १९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिकाका आरडिटि परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट देखिएका आठ जना र उनीहरुको प्रत्यक्ष सम्पर्कमा पुगिसकेका शंकास्पद व्यक्ति सहित १९ जनाको स्वाव संकलन गरेर पिसिआर टेष्टमा पठाइएकोमा उनीहरुमा कोरोना संक्रमण नभएको पाइएको हो ।

पहिलो दिन दुई जना र दोश्रो दिन छ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुसहित शंकास्पद व्यक्तिको स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको थियो ।