खोटाङ कात्तिक–१९, अज्ञात व्यक्तिले गरेको आगजनीका कारण सम्पूर्ण भौतिक सम्पत्ती गुमाएको खोटाङ जालपाको ज्योती माबिलाई ७ लाख बराबरको शैक्षिक सामग्री प्राप्त भएको छ । २०७४ साल जेठ १५ गते अज्ञात व्यक्तीले लगाएको आगोले २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त हुँदा ६५ लाख बढिको क्षती व्यहोरेको बिद्यालयलाई रोटरी क्लव अफ जर्मनीले पुस्तक, लाइब्रेरी सफ्टवेर, दूरबीन लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो । 
आगलागीमा ध्वस्त वनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित नमूना बिद्यालयलाई पूनः पहिलेकै अवस्थामा ल्याउनका लागि रोटरी क्लव अफ जर्मनीले फ्रेण्डस अफ नेचर नामक संस्थामार्फत शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईलाई जालपामा आईतबार बिहान आयोजित कार्यक्रममा फ्रेण्डस अफ नेचरका निर्देशक राजु आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । 
२०६४ सालदेखि अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको ज्योती माबिलाई रोटरी क्लव अफ जर्मनीले कला, साहित्य, राजनिती, बिज्ञान, बाताबरण, शिक्षा लगायतका बिद्याका २ हजार थान पुस्तक, ई–लाइब्रेरी सञ्चालनका लागि दुई वटा सफ्टवेर, दुई थान लाईब्रेरी ब्याग, दुई थान दुरबीन, दुई थान पृथ्बीको ग्लोब, शैक्षिक चार्ट लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।