खोटाङ  कात्तिक–२८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका राजकुमार राईको घर जलेर नष्ट भएको छ । मंगलबार राती भएको आगलागीमा परी घर जल्दा राईको पाँच लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीमा घर जलेसँगै राई परिवारको बिचल्ली भएको छ । 
रातको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका धन–सम्पति जोगाउन नसकिएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । अकस्मात घरको धुरीमा देखिएको आगलागी के कारण भएको भने कारण खुल्न सकेको छैन