कात्तिक–२८ खोटाङ । हाम्रोखोटाङ डटकमका कार्यकारी सम्पादक रामधन राई पुरस्कृत भएका छन् । पत्रकारिताको क्षेत्रवाट उल्लेखनीय योगदान पु¥याएको भन्दै वालाजित वसन्लक्ष्मी राई स्मृति प्रतिष्ठानले राईलाई नगद १५ हजार रुपैंयाँ पुरस्कारसहित ताम्रापत्रबाट सम्मान गरेकाे हाे ।
२०७२ सालमा स्थापित उक्त प्रतिष्ठानले मंगलवार पुरस्कार समर्पण समारोहको आयोजना गरी स्थानीय तथा राष्ट्रिय विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकार राईलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ खोटाङको उपाध्यक्ष रहेको राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ खोटाङको अध्यक्ष, किरात राई पत्रकार संघको केन्द्रीय सदस्य लगायतमा समेत क्रियाशील रहेका छन् । 
प्रतिष्ठानले हरेक स्थापना दिवसको अवसरमा नेपाली कला, साहित्य, संस्कृति, पत्रकारिता, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा योगदान पु¥याउने जिल्लाका एक जनालाई उक्त पुरस्कार दिने गरेको अध्यक्ष ऋषिधन राईले बताउनुभयो ।
पुर्खाको नाममा सोही स्थानको जितेन्द्र राई लगायतका सन्तानहरुले स्थापना गरेको पुरस्कारको गत वर्षको संस्करणमा कला–साहित्य विधावाट कवि चन्द्र रानोहँछालाई प्रदान गरेको थियो ।