खोटाङ चैत्र–६, खोटाङको हलेसीमा तास खेलिरहेको अवस्थामा नौ युवा पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ महादेवस्थानको महालंगुर होटलमा तास खेलिरहेका युवाहरुलाई बुधबार राती प्रहरीले पक्राउ गरेको हो ।

हारजीत हुनेगरी पैसा सट्टेवाज गरेर तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताउनुभयो । उनीहरुको साथबाट ७४ हजार १ सय १० रुपैयाँ नगद र तीन बुङ तास जफत गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी गौतमले सुनाउनुभयो । प्रहरीले तासको खालबाट पक्राउ पर्नेहरुको नाम खुलाएका छैनन् ।