‘१ नम्बर प्रदेशको राजधानी विराटनगर मात्र होईन’ : प्रदेश सांसद राजन राई

0
1260

खोटाङ फागुन–३,  १ नम्बर प्रदेश सांसद राजन राईले प्रदेशको राजधानी विराटनगर मात्र नभएको वताउनुभएको छ । शुक्रवार १० दिने ‘खोटाङ दिक्तेल महोत्सव’को उद्घाटनका क्रममा उहाँले प्रदेशको राजधानी विराटनगरै हो भनिए पनि भाषामा त्यस्तो नलेखिएको वताउनुभएको हो ।

प्रदेशको राजधानी विराटनगर हुनेछ भनेर लेखिए पनि ब्यवथापिका, कार्यपालिका लगायतका कार्यालयहरु ईटहरी र सुन्दरफलैंचा नगरपालिका आसपासमा रहनेछन् भनेर सर्वसम्मत पास गरेको सांसद राईको भनाई छ । खोटाङका प्रदेश सांसद राईले विराटनगरका स्पेसिफिक जग्गामा मात्रै प्रदेशको राजधानी नरहने स्पष्ट पार्नुभयो ।

यस्तै, सांसद राईले प्रदेशको नाम यही पाँचौ हिउँदे अधिवेशनवाट टुंगो लगाउने जनाउनुभएको छ । उहाँका अनुसार प्रदेशको नाम सर्वसम्मत ढंगले जनतालाई दिन संसदमा छलफल, अन्र्तक्रिया तथा वहसहरु भईरहेको जनाउनुभयो । मुख्यमन्त्री शेरधन राईले समेत यसै हिउँदे अधिबेशनमा प्रदेशको नाम टुंग्याउने भनी संसदमा विश्वस्त तुल्याउनुभएको कारण पनि प्रदेशका जनतालाई चाँडै नाम दिने राईको प्रतिवद्दता छ ।

मुख्यमन्त्री स्वयम प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सांसद राईले प्रदेशको नाम चाँडै दिलाउन अगुवाई गरिदिन आग्रह गर्नभयो ।
खोटाङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, पुर्व सांसद पाँचकर्ण राई पीके, पूर्व सभाषद दुर्गाजयन्ती राईको उपस्थिती थियो । यस्तै, १ नम्बर प्रदेश सांसद रामकुमार राई, प्रदेश सांसद उषाकला राई लगायतका जनप्रतिनिधि तथा वाणिज्य संघका शीर्ष नेतृत्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया