खोटाङ । खोटाङ र भोजपुरको सिमानामा अवस्थित चखेवामा गाडीमा ओत लगाउँदै गर्दा बिहीबार चालकले गाडी ब्याक गर्दा सहचालकको ज्यान गएको छ ।

प्रत्यक्षदर्शी केशब बुढाथोकीका अनुसार भोजपुरबाट चखेवा आएको ना. ४ ख ८५९५ नम्बरको बसको किचाईबाट भोजपुर छिनामुखुका विकास राईको निधन भएको हो । चालक भने कुमार श्रेष्ठ रहेको बताइएको छ ।

चालकले सहचालकले ढुङ्गा लगाउदै गरेको नदेखेको र हल्का ब्याक गर्दा दुर्घटना हुन पुगेको चालकको भनाई उदृत गर्दै बुढाथोकीले फेसबुकमा सन्देश प्रवाह गरेका छन् ।