बाढीले बगाउँदा खोटाङमा एकको मृत्यु

0
1154

खोटाङ । लगातारको वर्षासँगै आएको बाढीका कारण खोटाङमा एक जनाको ज्यान गएको छ ।
बाढीले बगाएर खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको हो । स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो ।

खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया