एम्बुलेन्स दुर्घटनाका घाईंतेको अवस्था नाजुक

0
3095

खोटाङ असोज–४, खोटाङ सेवा समाज युकेले प्रदान गरेको एम्वुलेन्स दुर्घटना हुँदा गम्भिर घाईँते वनेको युवाको अवस्था नाजुक बनेको छ । विरामी बोकेकोे ट १ झ ५०१ नम्बरको एम्वुलेन्स दुर्घटना हुँदा गम्भिर घाईंते भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१ का ३५ वर्षिय युवराज आचार्यको अवस्थामा सुधार आउन नसकेको आफन्तले बताएका छन् ।

जिल्ला अस्पताल खोटाङवाट रेफर गरेको विरामी आफन्तलाई विराटनगर लैजाँदै गर्दा गत विहिवार राती सप्तरीस्थित कञ्चनपुरको वेरियर भन्ने स्थानमा दुर्घटना भएको थियो । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत घाईंते युवराजको अझै होस खुल्न नसकेको घाईंतेको भाई ईन्द्र आचार्यले सुनाउनुभयो । घाईंते आचार्यलाई वचाउन सकिने ३ प्रतिशत मात्र आशा रहेको अस्पताल स्रोतले वताएको आफन्तको भनाई छ । ईलाका प्रहरी कार्यालय कन्चनपुरका अनुसार भने गम्भिर घाईंते आचार्यको शुक्रवार वेलुकी टाउकोको सफल अप्रेसन भएको छ ।

उपचारको लागि अस्पताल लैजाँदै गरिएको वृद्दा महिलाको अझै होस खुल्न नसकेको जनाईएको छ । राती २ वजेको समयमा रोकिराखेको ट्रिपरलाई ठक्कर दिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ का एम्बुलेन्स चालक ३६ वर्षिय गोविन्द ढुंगाना समेत सामान्य घाईंते भएको बताईएको छ । चालकको स्थानीय अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कन्चनपुरका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो । गम्भिर घाईंते आचार्य दिक्तेलवजारस्थित सरस्वती माविमा कार्यालय सहयोगीको रुपमा कार्यरत हुनुहुन्थ्यो । आचार्यको आर्थिक अवस्था न्युन भएकाले उपचारमा थप समस्या भएको जनाईएको छ । आचार्य वचाउन सकेको सहयोग गर्न आफन्तको अपिल छ ।

खोटाङमा जन्मी युकेलाई कर्मथलो वनाईरहेका समाजसेवीहरुको संस्था खोटाङ सेवा समाजले जिल्लाका लागि ७ वटा एम्वुलेन्स र दुई वटा भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको थियो । उक्त एम्बुलेन्समध्ये निर्मलीडाडाँलाई केन्द्र वनाई सेवा प्रवाहका लागि दिईएको एम्बुलेन्स दुर्घटनामा परेको हो । सुरुमा एम्बुलेन्स सञ्चालन समितिको मातहतमा चल्दै आएको एम्बुलेन्स हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ नम्वर वडा कार्यालयको वडा कार्यालय अन्तर्गत सञ्चालमा रहेको थियो ।

प्रतिक्रिया