उदयपुरमा विद्युतको पोल बगाउँदा खोटाङ र ओखलढुंगाबासी प्रभावित

0
113

खोटाङ असार–२९, अविरल बर्षासँगै आएको बाढीका कारण विद्युत अवरुद्द हुँदा खोटाङ र ओखलढुंगाबासी नागरिक समस्यामा परेका छन् । लगातारको वर्षापछि उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन विद्युतको पोल बगाउँदा दुई जिल्लाबासी नागरिक चरम समस्यामा परेका हुन् । ४ दिनदेखि विद्युत अवरोध हुँदा सुचना–सञ्चार, बैंक–वित्तीय कारोवार लगायतका सेवावाट बव१िचत हुनु परेको स्थानीय बताउँछन् ।

विद्युत अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् । विद्युत अवरुद्ध भएपछि दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार/व्यवसाय तथा बैंक तथा वित्तीय करोवार प्रभावित भएको छ ।

विद्युत अवरुद्ध भएपछि जेनेरेटरको भरमा रेडियो सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भिजन एफ.एम. ओखलढुङ्गाका स्टेशन मेनेजर पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । विद्युत नहुँदा मोवाईल फोन तथा ईमेल ईन्टरनेटमा समेत समस्या आएपछि सञ्चार प्रविधिवाट वञ्चित हुनुपरेको जनाईएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अहिलेसम्म नघटेका कारण अर्को पोल राख्नमा ढिलाइ भएको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो ।
खोटाङ र ओखलढुङ्गामा बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत विस्तार गरिएको छ । खोटाङ र ओखलढुङ्गामा विस्तार गरिएको विद्युत लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया