खोटाङ असार–२७, अविरल बर्षासँँगै आएको बाढीले पोल बगाएपछि खोटाङमा विद्युत अवरुद्द बनेको छ । निरन्तर वर्षासँगै उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रशारणलाईनको पोल बगाएपछि जिल्ला अस्तब्यस्त बनेको हो ।

विद्युत अवरुद्ध हुँदा दुई नगरपालिका र आठ गाउँपालिकाका हजारौं उपभोक्ता मारमा परेका छन् । खोलामा बाढीको बहाव नघटेका कारण अर्को पोल राख्न तथा विद्युत सुचारु गराउन समस्या भईरहेको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका प्रमुख रामदिनेश राय यादवले बताउनुभयो ।

खोलामा वहाव नघटेसम्म अर्को पोल राख्न नसकिने भएकाले विद्युत सुचारु गराउन समय लाग्ने प्राधिकरणले जनाएको छ । विद्युत ठप्प हुँदा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभाबित भएको छ । विद्युत नहुँदा जिल्लामा मोवाईल, ईमेल ईन्टरनेट चलाउन समस्या भएको छ । सञ्चारका साधनहरु सञ्चालन नहुँदा जिल्लाबासी सुचना तथा जानकारीबाट बञ्चित बनेको जनाईएको छ ।

वर्षाका कारण पहिरो जाँदा जिल्लाका विभिन्न स्थानमा रहेको विद्युतको पोल समेत ढालेको ढलेका छन् ।